एक महिना हिँडेर काठमाडौं आएका बोहाेराले प्रधानमन्त्री भेट्न नपाएपछि…-Sutra News

एक महिना हिँडेर काठमाडौं आएका बोहाेराले प्रधानमन्त्री भेट्न नपाएपछि…

मंगलबार, ३ असार २०८२

मंगलबार, ३ असार २०८२

काठमाडौं । अनियमितता र भ्रष्टाचार बिरुद्ध खबरदारी अभियान चलाउदै सुर्खेतदेखि खाली खुट्टा काठमाडौं आउनुभएका नवराज बोहोरा प्रधानमन्त्री कार्यालय पुगेका छन् ।



मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेका बोहराले ओलीसँग भेट गर्न नपाएपछि मुख्यसचिवलाई आफ्ना कुरा राखेका छन् ।

बोहरा सोमबार सुर्खेतबाट ३० दिनमा काठमाडौं आएर कलंकी बास बसेका थिए भने ३१ औं दिन मंगलबार सिंहदरबार पुगेका थिए ।

उनी कर्णालीमा सुशासन निम्ती अनियमितता र भ्रष्टाचार बिरुद्ध जनचेतनामुलक अभियान सुरु गर्दै जेठ ४ गते सुर्खेतबाट पैदल हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट