कांग्रेसले किन बोलायो आकस्मिक केन्द्रीय समितिकाे बैठक ?-Sutra News

कांग्रेसले किन बोलायो आकस्मिक केन्द्रीय समितिकाे बैठक ?

मंगलबार, ३ असार २०८२

मंगलबार, ३ असार २०८२

काठमाडाैं । सत्तारूढ दल नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार बिहान साढे ८ बजेका लागि आकस्मिक बैठक बोलाइएको जानकारी दिए ।



‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

बैठकमा तीन हप्तायता जारी संसद्को अवरोध, बजेटलगायतका विषयमा कुराकानी हुने बताइएको छ।

कांग्रेसले असार १५ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट