घट्यो सुनचाँदीको मूल्य-Sutra News

घट्यो सुनचाँदीको मूल्य

मंगलबार, ३ असार २०८२

मंगलबार, ३ असार २०८२

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज प्रतितोला २ हजार ५ सय रुपैयाँले सुनको मूल्य घटेको छ भने प्रतितोला ५ रुपैयाँले चाँदीको मूल्य घटेको छ ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजारको दरले किनबेच भइरहेको छ । चाँदी भने प्रतितोला २ हजार १ सय ६० रुपैयाँको दरले किनबेच भइरहेको छ ।

यसअघि सोमबार सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ र चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँको दरले किनबेच भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट