पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश-Sutra News

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

सोमबार, २ असार २०८२

सोमबार, २ असार २०८२

काठमाडौं । पत्रकार दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । साेमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले तत्काल उनलाई पक्राउ नगर्न आदेश जारी गरेकाे हाे ।



अदालतले थप छलफलका लागि दुवै पक्षलाई ५ असारमा बाेलाएकाे छ ।

प्रहरीको साइबर ब्युरोले पक्राउ गर्न खोजेपछि पाठककाे तर्फबाट उनकी पत्नी शिखा प्रसाईंले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिएकी थिइन् । जसमाथि सुनुवाइ गर्दै उच्च अदालतले तत्काल उनलाई पक्राउ नगर्न भनेको हो।

पाठककाे तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, डा भीमार्जुन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याललगायत बहस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट