

काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ सकुशल फेला परेका छन्। प्रहरीले उनलाई बालाजुबाट सकुशल फेला पारेकाे हाे ।
श्रेष्ठ फेला परेकाे कुरा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले पुष्टि गरेका छन् ।
उनका अनुसार बालाजुको एउटा होटलमा उनी फेला परेका हुन् ।
उनलाई प्रहरी टोलीले उद्धार गरी प्रहरी परिसर काठमाडौं कार्यालयमा ल्याउँदै छ। जसपश्चात आफन्तको जिम्मा लगाइने बोहोराले बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेख्दै डा. श्रेष्ठ सम्पर्कविहिन बनेका थिए ।
स्टाटस बाहिरिएपछि प्रहरीले तत्कालै डा. श्रेष्ठलाई सम्पर्क गर्ने प्रयास गरेको थियो। प्रहरीले उनको अन्तिम लोकेशनका आधारमा खोजी थालेको थियो । उनको अन्तिम लोकेश चाबाहिल पाइएको थियो ।
सम्बन्धित समाचार