

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर छ । केही दिनको उतारचढावपछि सोमबार आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँको दरले कारोबार भइरहेको छ भने चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँको दरले कारोबार भइरहेको छ । यसअघि आइतबार सोही दरले कारोबार भएको थियो ।
शुक्रबारको तुलनामा आइतबार प्रतितोला ४ सय रुपैयाँले सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने शुक्रबारदेखि नै स्थिर छ । जेठ २९ मा प्रतितोला २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य जेठ ३० मा १५ रुपैयाँले बढ्दै २ हजार १६५ रुपैयाँ पुगेको थियो ।
स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर रहँदा अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्यमा सामान्य गिरावट आएको छ । गोल्ड प्राइस ओआरजीका अनुसार आज अन्तराष्ट्रिय बजारमा ३ हजार ४२८ डलरको दरले किनबेच भइरहेको छ ।