

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) पनि सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार एकै दिन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको हो ।
आइतबारको वृद्धिसँगै स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य वृद्धि भइरहँदा आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यसअघि बिहीबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको थियो ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ४३३ डलरमा किनबेच भइरहेको छ ।