गर्मीमा आँप खाँदा फाइदासँगै हुनसक्छन् यस्ता हानी-Sutra News

गर्मीमा आँप खाँदा फाइदासँगै हुनसक्छन् यस्ता हानी

शनिबार, ३१ जेष्ठ २०८२

शनिबार, ३१ जेष्ठ २०८२

 



एजेन्सी । गर्मी मौसम सुरु हुने बित्तिकै बजारमा विभिन्न प्रकारका आँपहरू देखा पर्छन् । आँप देखेर सबै लोभिन्छन् । फलको राजा भनेर चिनिने आँप नेपालमा पूर्वदेखि पश्चिम तथा दक्षिणको तराई देखि पहाड (३,००० फिटको उचाइसम्म) हुन्छ । हिन्दू शास्त्रमा यसलाई अमृत फल भनिएको छ।

आयुर्वेदका अनुसार, आँपका पाँचै अङ्ग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ । पाकेको आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ए, सी र बी लगाय कपर, जिंक, मिनरल्स, फाइबर पाइन्छ । आँपको नियमित सेवन गर्दा शरीरलाई धेरै फाइदा पुग्छ ।

तर यस्ता केहि मानिसहरुलाई भने यो मीठो फल विष साबित हुन सक्छ । यदि तपाईं पनि बिना कारण आँप खाइरहनुभएको छ भने सावधान रहनु आवश्यक छ । तर मिलाएर नियमित आँप सेवन गर्नसके शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरको रोगप्रतिरोधात्मक क्षमता पनि बढाउन मद्दत गर्छ ।

यस्ता छन् आँप खानुका अन्य फाइदाहरू

अमेरिकाको राष्ट्रिय चिकित्सा पुस्तकालयका अनुसार, आँपमा पाइने केही विशेष पोषक तत्वहरू छालाको लागि फाइदाजनक हुन्छन् । बिटा-क्यारोटिन नामक एन्टिअक्सिडेन्टले छालालाई चम्किलो र स्वस्थ राख्न मद्दत गर्छ । फेनोलिक एसिडले छालालाई सूर्यको किरण र प्रदूषण जस्ता बाह्य क्षतिबाट बचाउँछ ।

यसबाहेक, यसमा एस्कर्बिक एसिड हुन्छ, जसले छालालाई मोइस्चराइज गर्छ र जवान राख्छ ।

– आँपमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियामा सुधार ल्याउँछ र कब्जियतको समस्या कम गर्न मद्दत गर्दछ।

– आँपमा हुने भिटामिन ईले मानिसको सेक्स हर्मोनमा बृद्धि भई यौन क्षमतामा विकास गराउँछ ।

– आँपमा पाइने एन्टिअक्सिडेन्टहरू र फाइटोन्युट्रिएन्टहरूले मस्तिष्कको स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्दछ र स्मृतिलाई बढावा दिन्छ।

– आपँमा पाइने टरटरिक एसिड, म्यालिक एसिड र सिट्रिक एसिडले शरीरमा रहेको अनावश्यक अम्लिय पदार्थलाई नष्ट पार्न सहयोग गर्दछ ।

– आँपको सेवन गर्भवती महिलालाई पनि फाइदाजनक हुन्छ । गर्भवती महिलामा हुन सक्ने रगतको कमीलाई यसले पुरा गर्दछ ।

– आँपमा प्राकृतिक चिनीको मात्रा उच्च हुन्छ, जसले शरीरलाई छिटो ऊर्जा प्रदान गर्दछ। यसले थकान र कमजोरीलाई कम गर्न मद्दत गर्दछ।

– आँपमा फाइबरका साथै भिटामिन सी समेत पाइन्छ यसले शरीरमा कोलेस्ट्रेरोलको स्तर सन्तुलित रहन्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्दछ ।

-आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट राहत पाइन्छ ।

आँपमा विशेष गरी चिनीको मात्रा उच्च हुने कारणले सेवन गर्दा सन्तुलित मात्रामा खाने कुरा ध्यानमा राख्नु महत्त्वपूर्ण छ। आँप खाने सही समय र तरिका स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ। यहाँ आँप खाने सहि समय र तरिकाहरू छन् :

– सिजनमा प्रायः चैतदेखि असारसम्म ताजा आँप खानु उत्तम हुन्छ। यस समयमा आँपको स्वाद र पोषण मूल्य उच्च हुन्छ।

– खानापछि आँप खान अर्थात् नाश्ताको रूपमा वा मिठाईको रूपमा खान सिफारिस गरिन्छ। यसले पाचनमा मद्दत गर्दछ र मिठासको रूपमा काम गर्छ।

– कहि व्यक्तिहरूले खाली पेटमा आँप खानु पनि मन पराउँछन्। तर, यो सबैका लागि उपयुक्त नहुन सक्छ, विशेष गरी यदि तपाईंको पाचन प्रणाली संवेदनशील छ भने।

– सन्तुलित आहारमा आँपलाई अन्य फलफूल र सब्जीसँग सँगै खानु उचित मानिन्छ। यसले पोषणको सन्तुलनमा मद्दत गर्दछ।

– आँपमा चिनीको मात्रा उच्च हुन्छ, त्यसैले मधुमेहका बिरामीहरूले सीमित मात्रामा मात्र आँप खानु पर्छ। सामान्यतया, एक दिनमा एकदेखि दुई आँप खानु राम्रो मानिन्छ ।

– पानी पिउनुस् आँप खाने समयमा पर्याप्त पानी पिउनु महत्त्वपूर्ण छ, जसले पाचनमा मद्दत गर्दछ।

– संगै आँपलाई अन्य खाद्य पदार्थहरु दही, चटनी, वा सलादसँग पनि खान सकिन्छ, जसले स्वाद र पोषणमा विविधता ल्याउँछ।

– आँपको सेवन गर्दा व्यक्तिगत स्वास्थ्य र पाचन क्षमतामा ध्यान दिन महत्त्वपूर्ण छ। यदि तपाईंलाई कुनै विशेष स्वास्थ्य समस्या छ भने, चिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ।

यस्ता व्यत्तिले खान हुँदैन आँप

मधुमेहका बिरामीहरूः आँपमा धेरै प्राकृतिक चिनी हुन्छ, जुन मधुमेहका बिरामीहरूका लागि खतरनाक हुन सक्छ । यसले रगतमा चिनीको मात्रा छिटो बढाउन सक्छ र अवस्था बिग्रन सक्छ ।

मोटोपनबाट पीडित व्यक्तिहरूः यदि तपाईं तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने, आँपबाट टाढा रहनुहोस्। यसमा रहेको प्राकृतिक चिनी र क्यालोरीले मोटोपन बढाउन सक्छ, विशेष गरी यदि तपाईं यसलाई धेरै मात्रामा खाइरहनुभएको छ भने ।

तातोः आँपको प्रकृति तातो मानिन्छ । जसको शरीर पहिले नै तातो छ वा जसलाई गर्मीले सजिलै सताउँछ, आँपले टाउको दुख्ने, मुखमा अल्सर र एसिडिटी निम्त्याउन सक्छ ।

एलर्जी वा छालाको समस्या भएका व्यक्तिहरूः केही मानिसहरूलाई आँपबाट एलर्जी हुन सक्छ । विशेष गरी काँचो आँप वा यसको बोक्राले दाग, चिलाउने र सुन्निने जस्ता छालाको समस्या निम्त्याउन सक्छ। यस्तो अवस्थामा यसको सेवन खतरनाक हुन सक्छ ।

पेटको समस्याबाट पीडित व्यक्तिहरूः यदि कसैलाई ग्यास, अपच वा एसिडिटीको समस्या छ भने, आँप खाँदा उनीहरूको पाचन बिग्रन सक्छ । यसले पेट फुल्ने, भारी हुने र बेचैनी जस्ता समस्याहरू निम्त्याउन सक्छ ।

कलेजो वा मिर्गौलाका बिरामीहरूः कलेजो वा मिर्गौला सम्बन्धी रोग भएका व्यक्तिहरूले आँप खानु अघि निश्चित रूपमा डाक्टरसँग परामर्श गर्नुपर्छ । यसमा पाइने तत्वहरूले अंगहरूमा अनावश्यक दबाब दिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट