सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी, के हाे उजुरी ?-Sutra News

सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी, के हाे उजुरी ?

बुधबार, २८ जेष्ठ २०८२

बुधबार, २८ जेष्ठ २०८२

काठमाडौं । सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हाे ।



प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको ब्युरोका एक अधिकृतले पुष्टि गरेका छन् । जनाइएअनुसार उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको हाे ।

पाठकविरुद्ध कसले र के आरोपमा उजुरी हालेको भन्नेबारे भने प्रहरीले केही खुलाएकाे छैन ।

यद्दपि, हालै पाठकले कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर उनले होटल खरिद गरेको कुरा पाठकले खाेलेका थिए ।

यस सम्बन्धमा शंकर ग्रुपले गत वैशाख २१ गते नै विज्ञप्ति जारी गरी खण्डन गरेको थियो । साथै, उसले समाचारविरुद्ध कानुनी प्रक्रिया अपनाउने बताएकाे थियाे ।

जसलाई हेर्दा पाठकविरूद्ध शंकर ग्रुपले उजुरी हालेकाे अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट