

काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । लगातार ३ कारोबार दिनको गिरावटपछि बुधबार प्रतितोला १ हजार ३ सय रुपैयाँले मूल्य बढेको हो ।
बुधबारको बृद्धिसँगै स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँको दरले किनबेच भएको थियो ।
सुनको मूल्य वृद्धि भइरहँदा चाँदीको मूल्य भने आज स्थिर छ । केही दिनदेखि बढिरहेको चाँदीको मूल्य आज मंगलबारकै तुलनामा प्रतितोला २ हजार १६५ रुपैयाँको दरले किनबेच भइरहेको महासंघले जनाएको छ ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३४२ डलरमा किनबेच भइरहेको छ ।
यसअघि समाचारमा अन्यथा हुन गएकोमा सच्याइएको छ । पाठकप्रति हामी क्षमा चाहन्छौं । सं.*