पौडी खेल्न गएका साजनको सुनकोसीमा डुबेर ज्यान गयो-Sutra News

पौडी खेल्न गएका साजनको सुनकोसीमा डुबेर ज्यान गयो

आइतबार, २५ जेष्ठ २०८२

आइतबार, २५ जेष्ठ २०८२

काभ्रेपलाञ्चोक । सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ।



धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट