पोल्यान्डमा दलित युवालाई जातीय विभेदजन्य गालीगलौज गर्ने एमाले नेता सुवेदीले माफी मागे-Sutra News

पोल्यान्डमा दलित युवालाई जातीय विभेदजन्य गालीगलौज गर्ने एमाले नेता सुवेदीले माफी मागे

आइतबार, २५ जेष्ठ २०८२

आइतबार, २५ जेष्ठ २०८२

काठमाडौं । केही दिनअघि युरोपेली मुलुक पोल्यान्डमा दलित समुदायलाई अपमानजनक शब्द प्रयोग गरेका प्रज्वल सुवेदीले सार्वजनिक माफी मागेका छन्।



सुवेदीले प्रेस विज्ञप्तिमार्फत आफ्नो अभिव्यक्तिले ‘नेपाली दलित समुदायमा गहिरो चोट पुगेकोप्रति आफू अत्यन्त दु:खी भएको’, बताएका छन्।

‘दलित समुदायको मान, सम्मान र आत्मसम्मानमा चोट पुर्‍याउने नियत नभई आवेगमा आएर त्यस्तो अमर्यादित शब्द प्रयोग गरेकोमा अत्यन्त लज्जित छु,’ सुवेदीले विज्ञप्तिमा भनेका छन्, ‘यसप्रकारको व्यवहार भविष्यमा कहिल्यै दोहोर्‍याउने छैन।’

सुवेदीले पोल्यान्डमै वैदेशिक रोजगारीमा रहेका विक थरका एक युवकलाई जातीय भेदभावजन्य शब्द प्रयोग गरेका थिए।

युरोपेली मुलुक पोल्यान्डमा लामो समयदेखि बसेका प्रज्वल सुवेदीले दलित समुदायलाई लक्षित गरेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै विभिन्न संघसंस्थाले कारबाहीको माग गरेका छन्।

सुवेदी नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च, पोल्यान्डका सचिवालय सदस्य एवं पूर्वसचिव हुन्। नेपालमा उनको घर सुनसरी जिल्ला हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट