एपीएफका गोताखोर सुरज : मनसुन पूर्वतयारीको अभ्यास गर्दागर्दै हराए, ४ दिनपछि शव भेटियो-Sutra News

एपीएफका गोताखोर सुरज : मनसुन पूर्वतयारीको अभ्यास गर्दागर्दै हराए, ४ दिनपछि शव भेटियो

आइतबार, २५ जेष्ठ २०८२

आइतबार, २५ जेष्ठ २०८२

काठमाडौं । सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी बल (एपीएफ)का गोताखोर सुरज साउदको शव आइतबार बिहान फेला परेको छ। चार दिनदेखि हराइरहेका साउदको शव घटनास्थल नजिकै भेटिएको हो।



कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा रहेको टोलीले साउदको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकैबाट निकालेको हो।

साउदसँगै हराएका अर्का गोताखोर हरदेव राजवंशीको शव शुक्रबार फेला परेको थियो। राजवंशीको शव घटनास्थलदेखि करिब ३ किलोमिटर दक्षिणमा भेटिएको थियो।

दुबै जना सशस्त्र प्रहरीका गोताखोर बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा आयोजित प्रदेशस्तरीय मनसुन पूर्वतयारी सेमुलेशन अभ्यासका क्रममा बेपत्ता भएका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट