

काठमाडाैं । अडियो र वेयरेबल ब्रान्ड, अल्टिमा लाइफस्टाइलले काठमाडौंको नयाँ बानेश्वरमा आफ्नो तेस्रो आधिकारिक रिटेल स्टोर संचालनमा ल्याएको छ । स्टोर सञ्चालनसँगै कम्पनीले आफ्नो नयाँ तथा हालसम्मकै सबैभन्दा प्रिमियम स्मार्टवाच अल्टिमा म्याग्नम ई–७०० पनि सार्वजनिक गरेको छ ।
उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष अफर पनि ल्याइएको कम्पनीले जनाएकाे छ। कुनै पनि आधिकारिक आउटलेटमा भ्रमण गर्ने ग्राहकहरुका लागि विशेष इन स्टाेर लन्च अफरहरु प्रदान गर्दैछ ।
कम्पनीले जनाएअनुसार ग्राहकहरुले ५ हजार ९ सय ९९ रुपैयाँ खर्च गर्दा २ हजार ४ सय ९९ मूल्य बराबरकाे अल्टिमा एटम १९२ निःशुल्क पाउनेछन् । त्यस्तै, ७ हजार ९ सय ९९ रुपैयाँ खर्च गर्दा ३ हजार ४ सय ९९ मूल्य बराबरकाे अल्टिमा मार्भल निशुल्क पाउनेछन् भने ११ हजार ९ सय ९९ रुपैयाँ खर्च गर्दा ५ हजार ९ सय ९९ रुपैयाँ बराबरकाे अल्टिमा वाच सर्कल २.० निशुल्क पाउनेछन् ।
यसैगरी, अल्टिमा डटकम डट एनपी, अल्टिमाको आधिकारिक स्टोरहरू र दराजमार्फत अल्टिमा वाच म्याग्नम ई-७०० खरिद गर्ने ग्राहकहरूले रु. १ हजार ४ सय ९९ मूल्यको निःशुल्क स्टेनलेस स्टील स्ट्र्याप प्राप्त गर्नेछन् ।
अल्टिमा लाइफस्टाइलले नेपाली उपभोक्ताहरूलाई अत्याधुनिक प्रविधि अनुभवहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता विस्तार क्रम जारी राखेको छ। नयाँ बानेश्वरमा शुरु भएको कम्पनीको स्टोर ब्रान्डको द्रुत वृद्धि र लोयल ग्राहक आधारको प्रमाण भएकाे जनाएकाे छ ।
म्याग्नम ई ७०० अल्टिमाको अहिलेसम्मकै सबैभन्दा प्रिमियम स्मार्टवाच हो । जसमा: जीवन्त ३६.३३ एमएम ट्रु एमाेलेड डिस्प्ले, स्वचालित स्वास्थ्य ट्र्याकिङ, आईओएस र एन्ड्राेइडकाे लागि अल्टिमा फिट एप समर्थन, आईपी ६८ वाटरप्रुफ, ब्लुटुथ संस्करण ५.३, १००० निट्स ब्राइटनेस, शक्तिशाली ३९० एमएएच ब्याट्री समावेश छ, जसले ७-९ दिनको प्रयोग र ३० दिनसम्मको स्ट्यान्डबाइ प्रदान समय गर्छ।
जसमा १ वर्षकाे वारेन्टी समेत कम्पनीले प्रदान गर्दछ । यो आधुनिक जीवनशैलीका लागि बनाइएको अत्याधुनिक प्रविधि र बोल्ड डिजाइनको उत्तम संयोजन हो।
अल्टिमा म्याग्नम ई७०० यही जेठ २२ (जुन ५) देखि अल्टिमाको आधिकारिक वेबसाइट अल्टिमा डट कम डट एनपी र स्टोरहरू (पुल्चोक, पुतलीसडक, नयाँ बानेश्वर) मा रु. ४,९९९ मूल्यमा उपलब्ध हुनेछ। साथै, यो उत्पादन दराज, खल्ती, जेभी, हुकुत, ब्रदरमार्ट, नियो स्टोर लगायत अन्य खुद्रा स्टोरहरूमार्फत पनि किन्न सकिनेछ।