यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक यातायात सुचारू-Sutra News

यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक यातायात सुचारू

मंगलबार, २० जेष्ठ २०८२

मंगलबार, २० जेष्ठ २०८२

काठमाडौं । यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् ।



सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो ।

एक महिनाको सर्त राखेर आन्द‍ोलन फिर्ता लिएको उनले बताए । “गण्डकी प्रदेशको पत्र आयो । सार्वजनिक यातायात सुचारू गरिएको छ,” उनले भने ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । यातायात व्यवसायीहरूले गरेको आन्दोलनका कारण देशभरको सार्वजनिक यातायात ठप्प थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट