भोलिदेखि आन्दोलन थप सशक्त बनाउँदै यातायात व्यवसायी-Sutra News

भोलिदेखि आन्दोलन थप सशक्त बनाउँदै यातायात व्यवसायी

मंगलबार, २० जेष्ठ २०८२

मंगलबार, २० जेष्ठ २०८२

काठमाडौं । यातायात व्यवसायीहरूले बुधबारदेखि आन्दोलन थप सशक्त रूपबाट अघि बढाउने भएका छन् ।



सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिका अध्यक्ष विजयबहादुर स्वारले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा सङ्घीय सरकारसँग भएको सहमति कार्यान्वयन नभएमा बुधबारदेखि आन्दोलनलाई अझ कडा रूपमा अगाडि बढाउने चेतावनी दिएका हुन् ।

गण्डकी प्रदेश सरकारले व्यवसायीहरूलाई वार्तामा बोलाए पनि ठोस समाधान ननिकाल्दा आन्दोलन झन् चर्किएको हो । अर्कोतर्फ सङ्घीय सरकारले २०७५ सालमै सिन्डिकेट प्रणाली अन्त्य गरेको घोषणा गरे पनि व्यवसायीहरूले फेरि सिन्डिकेट लाद्न खोजेको आरोप लागिरहेको छ ।

यातायात व्यवसायीहरूले भने यो आन्दोलन सिन्डिकेटको पक्षमा नभई आफ्नो लगानी र रोजगारीको संरक्षणका लागि भएको दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट