जडिबुटी बसपार्कमा यातायात व्यवसायी र प्रहरीबिच तनाव: मयुर यातायातको बस तोडफोडको प्रयास-Sutra News

जडिबुटी बसपार्कमा यातायात व्यवसायी र प्रहरीबिच तनाव: मयुर यातायातको बस तोडफोडको प्रयास

मंगलबार, २० जेष्ठ २०८२

मंगलबार, २० जेष्ठ २०८२

काठमाडौं । आन्दोलित यातायात व्यवसायीले बन्दको समयमा यात्रु बोकेको भन्दै मयुर यातायातको बस तोडफोडको प्रयास गरेका छन्। यात्रु बोकेको मयुर यातायातको गाडी रोक्दै आन्दोलित व्यवसायीले तोडफोडको प्रयास गरेका छन्।



बस सञ्चालन गरेको विषयलाई लिएर केहीबेर तनाव सिर्जनासमेत भएको थियो। अहिले जडिबुटी क्षेत्रमा प्रहरी पुगेको र अवस्था सामान्य रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।

त्यस्तै साँझ ५ बजे जडिबुटीस्थित मनोहरा पुलनजिक अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीको नेतृत्वमा आएको करिब डेढसय जनाको टोलीले ओखलढुंगाबाट आएको ना १ ज ६९७३ नम्बरको सुमो गाडीको सिसासमेत फुटाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट