भोलि पनि देशभर सार्वजनिक यातायात नचल्ने-Sutra News

भोलि पनि देशभर सार्वजनिक यातायात नचल्ने

सोमबार, १९ जेष्ठ २०८२

सोमबार, १९ जेष्ठ २०८२

काठमाडौं । सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएपछि भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको छ ।



सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबिच भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो । वार्ता निष्कर्षविहीन भएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

‘तपाईंहरू नियमावली स्थगित गर्नुस्, हामी आन्दोलन स्थगित गर्छौँ भनेका थियौँ, वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न भने सकिएन।’ उनको भनाइअनुसार भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायातका साधन चल्ने छैनन् ।

मुख्यतः गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका यातायात व्यवसायी सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । आज भएको वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफूहरू पनि तत्काल आन्दोलन स्थगित गर्न तयार रहेको बताएका थिए ।

यता सरकार पक्षबाट यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीले पनि आजको छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । तर, निर्णयमा पुग्न नसकिएकाले भोलि फेरि बस्ने गरी छलफल स्थगित भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट