कांग्रेस-एमालेको स्थिर सरकार बनेपछि प्रचण्डलाई छटपटी सुरु भयो : उपमहासचिव ज्ञवाली-Sutra News

कांग्रेस-एमालेको स्थिर सरकार बनेपछि प्रचण्डलाई छटपटी सुरु भयो : उपमहासचिव ज्ञवाली

बुधबार, ७ जेष्ठ २०८२

बुधबार, ७ जेष्ठ २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बेइमानीको संज्ञा दिएका छन्। एमाले मुगुको प्रशिक्षणमा बोल्दै उनले नेपाली राजनीतिलाई अस्थिरतातर्फ लैजान प्रचण्डले विभिन्न बेइमानी गरेको आरोप लगाएका हुन्।



उनले भने,’नेपालको राजनीतिमा दुई ठुला शक्ति नेपाली कांग्रेस र एमालेलाई ३२ सिटको जादु भन्दै कहिले कांग्रेसको काँधमा बन्दुक राखेर एमालेलाई ताक्ने, कहिले एमालेको काँधमा बन्दुक राखेर कांग्रेसलाई ताक्दै पाँच वर्ष आफै प्रधानमन्त्री बन्न खोजी नेपालको राजनीतिकलाई स्थिरताभन्दा अस्थिरतातर्फ लिन खोजेर बेइमानीको पनि महाबेइमानी गर्न खोजेपछि एमाले र कांग्रेसको सहमतिमा स्थिर सरकार निर्माण भएपछि अहिले प्रचण्डजीलाई छटपटी भइरहेको छ।’

उपमहासचिव ज्ञवालीले प्रचण्डले देशलाई अस्थिरतातिर धकेल्न खोज्दा कांग्रेस र एमालेको सहकार्यमा सरकार गठन भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट