सभापतिलाई माइकले हानेकी सांसद कुसारी के भन्छिन् ?-Sutra News

सभापतिलाई माइकले हानेकी सांसद कुसारी के भन्छिन् ?

बुधबार, ७ जेष्ठ २०८२

बुधबार, ७ जेष्ठ २०८२

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारी र प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहबिचकाे विवाद उत्कर्षमा छ।



सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार भएको बैठकमा माओवादीकी सांसद कुसारीले नेम प्लेट र माइकले सभापति साहलाई प्रहार गरिन्।

‘मैले माइक र नेमप्लेटले हानेकै हो तर लागेन। भनाभन मात्रै भयो,’ उनले भनिन्, ‘अब कि म त्यो समितिमा बस्दिनँ, कि सभापतिलाई हटाउनुपर्छ।’

समिति सभापति साहले सांसद कुसारी समिति बैठकमा ढिला गरी आएको र अनुमति बेगर बोल्न थालेको विषय उठाएपछि उनीहरूबीच भनाभन पर्‍यो।

सांसद कुसारीले समिति सभापति साह सधैं आफै संयोजक भएर अनुगमनमा जाने गरेको र आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको तथा अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको बताइन्।

अघिल्लो वर्ष बारा, पर्सा लगायतका जिल्लामा अनुगमनमा गएको र अनुगमन सकिएपछि आफूसहित ३ जना सांसद वीरगन्ज गएकाले त्यति बेलादेखि नै सभापतिले आफूलाई भेदभावपूर्ण व्यवहार गरेको उनले बताइन्।

उनले महिला सांसदलाई सभापति साहले उपेक्षापूर्ण व्यवहार गर्ने गरेको बताइन्। आफूले विगतमा पनि सभामुखलाई सभापति साहको व्यवहारबारे जानकारी गराएको कुसारीले बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट