विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश, आजै मन्त्रिपरिषदले गर्ने छ नयाँ गभर्नर नियुक्त-Sutra News

विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश, आजै मन्त्रिपरिषदले गर्ने छ नयाँ गभर्नर नियुक्त

मंगलबार, ६ जेष्ठ २०८२

मंगलबार, ६ जेष्ठ २०८२

काठमाडौं । सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने अदालत प्रशासनको आदेशलाई सदर गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले गरेको दरपीठ आदेशलाई सदर गर्ने आदेश दिएकाे हाे ।



अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले पौडेललाई गभर्नरमा नियुक्त गर्न नहुने भन्दै रिट दिएका थिए। तर, सो रिटमा रजिस्ट्रार पोखरेलले बेरीतको भन्दै दरपीठको आदेश गरेका थिए।

त्यसविरूद्ध निवेदकहरूले पुनः गत शुक्रबार अर्को निवेदन दिए । आइतबार दर्ता भएको दरपीठविरुद्धको सो निवेदनमाथि मंगलबार सुनुवाइ भएको हो।

अदालतकाे आदेशसँगै पौडेललाई गभर्नर नियुक्ति गर्न बाटाे सहज भएकाे छ ।

तर, नियुक्तिपछि उनको योग्यता र अरु प्रश्न उठाई आगामी दिनमा रिट निवेदन दर्ता हुने सम्भावना भने टरिसकेको छैन ।

अहिलेसम्मको सहमतिलाई हेर्दा, पौडेल गभर्नरमा नियुक्त हुने सम्भावना अधिक छ । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भएको सहमतिअनुसार नै गभर्नर सिफारिस समितिको बैठक बोलाउँदै मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । जुन बैठकबाट पौडेलको नाममा निर्णय हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट