राजु पाण्डेलाई सोधियो स्पष्टीकरण-Sutra News

राजु पाण्डेलाई सोधियो स्पष्टीकरण

मंगलबार, ६ जेष्ठ २०८२

मंगलबार, ६ जेष्ठ २०८२
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । आफू हाजिर गर्न गएको दिन (चैत २१)को घटनालाई लिएर उनले स्पष्टीकरण सोधेका हुन् ।



उनले कार्यकक्षको ताला खोल्ने क्रममा किन अवरोध पुर्‍याएको भनि जवाफ दिन माग गरिएको छ । कार्यालय र त्यहाँको सम्पत्तिको सुरक्षा गर्नु नगर प्रहरीको जिम्मेवारी भएपनि पाण्डे नेतृत्वमा जिम्मेवारीअनुसार काम किन नगरेको प्रश्न गुरागाईंको छ ।

महानगर स्रोतले जनाएअनुसार पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरणको जवाफ दिन भनिएको छ ।

यसअघि साे घटनापछि पाण्डेले गुरागाईंसँग माफी मागेका थिए ।

काठमाडौं महानगरपालिकाको महानगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको महानगर प्रहरी ऐन, २०८० मा महानगर प्रहरी गठन, रेखदेख तथा नियन्त्रणसम्बन्धी व्यवस्था छ । जहाँ नगर प्रहरीको रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुने भन्ने उल्लेख छ ।

“महानगर प्रहरीको परिचालन रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ र निजको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुनेछ,” ऐनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट