राधिकाको ‘करुणा’मा जीवनको रंग -Sutra News

राधिकाको ‘करुणा’मा जीवनको रंग 

सोमबार, ५ जेष्ठ २०८२

सोमबार, ५ जेष्ठ २०८२

लेखिका राधिका शाक्यकृत ‘करुणा’ पुस्तकको नाम आफैमा कोमल, शान्तिमय, भगवान् बुद्धका अमृत वचन द्वारा सम्पोशीत जस्ता लाग्छन्। ३०० पृष्ठको पार्श्वभुमि बोकेको यो पुस्तकमा सर्जक राधिका शाक्यको आफ्नै संघर्शमय जिन्दगीको जीवन कथा मात्रै होइन, यसमा आफ्नो जन्म भूमि प्रतिको अगाध माया, सामाजिक राजनीतिक, धार्मिक कथा व्यथाको सकल प्रस्तुति पनि छ, राजनीतिक क्षेत्रमा होमिएका आफ्ना पति केपी ओलीको आदर्शमय जीवन कथाका केही अन्तर्बर्ति कुराहरूको रहस्योद्घाटन पनि छन्।हरेक पत्नीको आँखामा आफ्नो पति उच्च लागे पनि पतिलाई अरूले के भन्छन् र पतिको सामाजिक प्रभाव के छ भन्ने कुरा पनि भन्ने हिम्मत गरेकी छिन सर्जक राधिका शाक्यले।



पतिपत्नी हुनासाथ सबैको सम्बन्ध सुमधुर हुन्छ र हुनुपर्छ भन्ने भाष्य छ हाम्रो समाजमा । आफू गृहमन्त्रीको पत्नी हुँदा पनि त्यति बेला राष्ट्र बैङ्कको अधिकृतमा नाम निकाल्दा आम मानिसले आफ्नो सबलता र सफलतामा औँला उठाएको कुराले आफूलाई मर्माहत तुल्याएको कुरा पनि उठाउनु भएको छ। आफ्नै जीवनको सफलता, असफलता, आघात, कष्ट सम्बन्धी  व्याख्या पनि छन् करुणामा।

पुस्तकको सबल पक्ष भनेको राधिकाको प्रस्तुतिमा इमान्दारिता हो,त्यति बेलाको समाजमा नेवार समुदायिक एउटा केटी बाहुनको छोरासँग विवाह हुनु त्यो बेलाको एउटा सामाजिक विद्रोहको उठान पनि हो थियो।

समाजलाई गतिशील बनाउने क्रममा यस्ता कुराहरूले महत्व पनि राख्छन्। समग्रमा किताबको गरिमा उच्च छ र सर्जकबाट आगामी दिनमा यस्ता अरू कृतिहरूको अपेक्षा पनि राख्न सकिन्छ।

२०८१ फागुनमा प्रकाशित भएको पुस्तक बल्ल एक वर्षपछि यसको चर्चा हुनु अलिक अस्वाभाविक देखिन्छ । किताबको कभर पेजमा भएको रंग संयोजन नीलो रंगले शान्तिको प्रतीक उद्बोधन गरेको छ। पुस्तक छपाइको लागि प्रयोग भएको कागज कमजोर देखिन्छ। व्यक्तिको निजी भोगाइको पार्श्व कथा–व्यथा भए पनि यो सबैले जीवनमा कहिन कहीँ भोग्ने विषय नै हो। साहित्यको अभिधा, व्यञ्जना र लक्ष्यणाका दृष्टिकोणले पनि ” करुणा”  एउटा पठनीय कृतिको कित्तामा परेको अनुभूति हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट