अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि, ट्रम्पले भने- सुनेर दु:ख लाग्यो-Sutra News

अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि, ट्रम्पले भने- सुनेर दु:ख लाग्यो

सोमबार, ५ जेष्ठ २०८२

सोमबार, ५ जेष्ठ २०८२

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । उनको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे समीक्षा गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।



शुक्रबार सङ्क्रमण पुष्टि भएपछि बाइडेनको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बाइडेनको समस्याबारे जानकारी गराएको थियो । विज्ञप्तिमा भनिएको छ, “८२ वर्षीय डेमोक्र्याट नेता बाइडेनका छोरा बो बाइडेनको क्यान्सरका कारण मृत्यु भएको थियो । पूर्व राष्ट्रपति बाइडेनलाई पिसाबमा प्रोस्टेट नोड्यूल (क्यान्सरको एक लक्षण) देखिएपछि सङ्क्रमण पुष्टि गरिएको हो ।

“पिसाबमा प्रोस्टेट नोड्यूल देखा पर्नु यो रोगको अधिक आक्रामक रूप हो । यसबाट क्यान्सर हार्मोन–संवेदनशील देखिन्छ र यसको प्रभावकारी उपचारको आवश्यक पर्छ । राष्ट्रपति र उनका परिवारले आफ्ना चिकित्सकहरूसँग उपचारको विकल्पहरूको समीक्षा गरिरहेका छन्।

लामो समयदेखि राजनीतिक प्रतिद्वन्द्वी बाइडेनको संज्ञानात्मक क्षमताबारे आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो समाचारले आफूलाई ‘दुःखी’ बनाएको बताएका छन् ।

“हामी जोको शीघ्र र सफल स्वास्थ्य लाभको कामना गर्दछौँ र उनकी पत्नी जिल र परिवारका अन्य सदस्यप्रति विशेष सहानुभूति व्यक्त गर्दछौँ,” ट्रम्पले ट्रुथ सोसलमा बाइडेनकी पत्नी जिल बाइडेनलाई सम्बोधन गर्दै भनेका छन् ।

बाइडेनकी उपराष्ट्रपति कमला ह्यारिसले बाइडेनले क्यान्सरको सहजै सामना गर्नुहुनेछ भन्ने सुभेक्षा प्रकट गरेका । ह्यारिसले गत वर्षको राष्ट्रपतीय चुनावबाट बाइडेनले नाम फिर्ता लिएपछि ट्रम्पविरुद्धको लडाइँमा राष्ट्रपतिका लागि डेमोक्र्याटिक उम्मेदवारका रूपमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

“मलाई थाहा छ, उनले यस चुनौतीको सामना उही शक्ति, लचिलोपन र आशावादका साथ गर्नुहुनेछ जसले सधैँ उहाँको जीवन र नेतृत्वलाई परिभाषित गरेको छ। हामी पूर्ण र शीघ्र स्वास्थ्य लाभको लागि कामना गर्दछौँ,” उनले भने ।

अमेरिकी क्यान्सर सोसाइटीका अनुसार प्रोस्टेट क्यान्सर पुरुषहरूमा क्यान्सरको सबैभन्दा सामान्य रूप हो र यो संयुक्त राज्य अमेरिकामा आठ मध्ये एक पुरुषले आफ्नो जीवनकालमा सामना गर्ने गरेका छन् ।

यो रोगको प्रारम्भिक पहिचान भएमा उपचार गर्न सकिने भए तापनि पुरुषमा हुने क्यान्सर र मृत्युको दोस्रो प्रमुख कारण भएको समाजले जनाएको छ ।

हर्मोन थेरापी एक सामान्य उपचार हो जसले ट्यूमरलाई सङ्कुचित गर्न सक्छ र क्यान्सरको वृद्धिलाई ढिलो गर्छ तर यो समस्या (रोग) पूर्णरूपमा निको पार्ने विधि होइन।

विज्ञप्तिमा बाइडेनको क्यान्सरमा ‘९ (ग्रेड समूह ५) को ग्लेसन स्कोर’ रहेको पाइएको छ ।

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार ‘धेरै असामान्य’ देखिने प्रोस्टेट क्यान्सरको उच्चतम खतराको दरलाई पाँचौँ ग्रेडमा राखिएको छ । बाइडेनको रोगको गम्भीरतालाई सङ्केत गर्ने ‘ग्लेसन स्कोर’ १० सम्म पुग्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट