सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर-Sutra News

सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार, ५ जेष्ठ २०८२

सोमबार, ५ जेष्ठ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले गैर कानुनी लाभ र हानि पुर्‍याएको आरोपमा सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।



आर्थिक वर्ष २०७५/७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै तत्कालीन सहायक निर्देशक रमेश पौडेलसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियारका अनुसार, केन्द्रको ‘एनआईटीसीरजीएनसीबी-६-०७५/०७६’ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँको लागत अनुमान तयार गरिएको थियो ।

म्याक्स इन्टरनेशनलले २०७६ असार ४ मा पेस गरेको बिलअनुसार ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकमा भ्याटबाहेक २ करोड ६५ लाख र ‘अनसाइट सपोर्ट’ शीर्षकमा भ्याटबाहेक ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको आरोप पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट