कार नदीमा खस्दा ५ जनाको मृत्यु-Sutra News

कार नदीमा खस्दा ५ जनाको मृत्यु

सोमबार, ५ जेष्ठ २०८२

सोमबार, ५ जेष्ठ २०८२

काठमाडौं । भारतीय प्रान्त महाराष्ट्रमा कार नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ।



भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई-गोवा राजमार्गमा रहेको जगबुडी नदीमा कार खसेको हो।

दुरघटनामा ५ जनाको मृत्यु भएको र चालक गम्भीर घाइते भएको बताइएको छ। उनीहरू कारमा मुम्बईबाट देवरुख जाँदै थिए।

हाल दुर्घटनाबारे विस्तृत जानकारी आइसकेको छैन। यस विषयमा अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट