२० लाखबढी हुन्डीको रकमसहित युवक पक्राउ-Sutra News

२० लाखबढी हुन्डीको रकमसहित युवक पक्राउ

आइतबार, ४ जेष्ठ २०८२

आइतबार, ४ जेष्ठ २०८२

काठमाडौं । २० लाख रुपैयाँभन्दा बढी हुन्डीको रकमसहित युवक पक्राउ परेका छन्।



पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका-४ पलाती घर भई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने २४ वर्षीय सञ्जय बस्नेत रहेका छन्।

विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका २४ जुद्दसालिकबाट उनलाई पक्राउ गरेको हो।

प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट २० लाख २९ हजार ६२० रुपैयाँ फेला परेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट