

यदि सत्य कुरा भन्ने हो भने हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि धर्ममा विश्वास गर्दैनन् । धर्म नमान्न पाइन्छ । हाम्रो संविधानले धर्म नमान्नेलाई अनागरिक मान्दैन । धर्म व्यक्तिको निजी कुरा हो ।
कुनै बेला एउटा भिडियो अन्तर्वार्तामा केपी शर्मा ओलीज्यूले भन्नुभएको भएको थियो “हिन्दु पनि कुनै धर्म हो र ? मलाई त त्यस्तो लाग्दैन कि हिन्दु धर्म हो ? यो एउटा सामान्य सम्प्रदाय हो । नेपालीहरू भारतको हिन्दु कुश पर्वतबाट आएकाले आफूलाई हिन्दु माने अनि हिन्दुले मानेको संस्कारलाई हिन्दु धर्म माने होलान् ?” एउटा राष्ट्रका अभिभावकले बोलेको शब्द हो यो र यसले हिन्दु धर्म मान्नेहरूलाई कति आघात पुग्यो होला हामी आफै अन्दाज गरौँ ।
गत वैशाख २९ गते एउटा समाचार भाइरल बनेको थियो । त्यो के थियो भने बुद्ध जन्मेको दिन, बुद्धले महापरिनिर्माण प्राप्त गरेको वैशाखी पूर्णिमाको दिन, लुम्बिनीको एक कार्यक्रमलाई भव्य रूपमा सम्बोधन गर्न गएका थिए प्रधानमन्त्री ओली, तर हल पूर्ण खाली थियो । कुर्सीलाई सम्बोधन गर्दै लज्जास्पद रूपमा उनी काठमाडौं फर्किन बाध्य भए । एक हिसाबले ओली धर्म विरोधी व्यक्ति हुन् । उनको बोलीले, व्यवहारले, हाउभाउले उनको न कुनै जात छ, न कुनै धर्म संस्कार छ ।
जोसँग धर्म, नै छैन उसैलाई फेरि बुद्धको बारेमा महासम्बोधन गर्न किन परेको थियो ? त्यै भएर उनले सम्बोधन गर्ने कार्यक्रममा कोही पनि उपस्थिति भएनन् ।
न बुद्धलाई केपी शर्मा ओलीले चिने ? न केपी शर्मा ओलीलाई बुद्धले चिने । नेपालमा ८० प्रतिशतभन्दा बढी ॐकार परिवार छन् । ८० प्रतिशत हिन्दु बसोबास गरेको भूमिमा जन्मिएका हुन ओली ।
कुन धर्म मान्ने मान्छेको भोट पाएर उनले चुनाव जिते ? अनि कुन धर्म मान्ने सांसदको बहुमत भोट पाएर उनी पटक–पटक नेपालको प्रधानमन्त्री बनिरहेका छन् ?
बुद्धको बारेमा आफूले जानेको कुरा भन्नलाई या बुद्धका अनुयायीहरूलाई सम्बोधन गर्न गएका थिए, त्यो दिन लुम्बिनीमा । केपी शर्मा ओलीको प्रधानमन्त्रीय कार्यकाल भरिको सबैभन्दा लज्जास्पद भएको दिन नै गत वैशाख २९ गतेको लुम्बिनी सम्बोधनको दिन थियो होला ।
हिन्दु धर्मलाई यो कुनै धर्म नै होइन भन्ने प्रधानमन्त्रीले बुद्ध धर्ममाथि चाहिँ कस्तो सम्बोधन गर्न लुम्बिनी पुगेका थिए ?
बुद्धले दिएको धर्मको परिभाषा त फरक छ । भगवानले संसार सिर्जना गरेको भन्ने कुराभन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र तनावबाट ब्युँझाउनका लागि हामी जुन प्रेरणादायी कर्महरू गर्छौ वास्तवमा त्यो नै धर्म हो ।
ओली पूर्ण भौतिकवादी हुन् र नास्तिक हुन् । नास्तिक मान्छेले धर्म सम्बन्धी प्रवचन दिन सुहाउँदैनथ्यो । त्यसैले त्यो दिन उनको सम्बोधन सुन्न कोही पनि उपस्थिति भएनन् ।
बुद्ध सुनिरहेकाहरूलाई केपी ओलीको ठट्यौली सुन्न मन लागेन होला, उपस्थिति भएनन् । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । बुद्ध स्वयंले पनि आफूलाई म धार्मिक हु भनेनन्, आफूलाई ठुलो ठानेनन्, आफूलाई धर्मका उन्नायक मानेनन् । उनी त सिर्फ शान्ति र आनन्दका अन्वेषक थिए ।
हो प्रधानमन्त्रीले कुनै धर्मको पक्षमा र विपक्षमा बोल्दैनन् तर आमले मान्दै आएको धर्मलाई यो पनि कुनै धर्म हो र ? पनि भन्नू हुँदैन ।
अधार्मिक प्रधानमन्त्रीले किन धर्मको बारेमा प्रवचन दिन लुम्बिनी जानुपथ्र्यो ? इशापूर्व ५४३ वर्ष अगाडि हिमालयको देश नेपाल भूमिमा जन्मिएका बुद्धको बारेमा हाम्रा प्रधानमन्त्रीले कस्तो सम्बोधन सुनाए होलान् त्यो खाली हलमा पक्कै पनि त्यसको भिडियो रेकर्ड सुन्न मन छ एक फेर ।