अझै ४ दिन हिरासतमा बस्ने छन् दुर्गा प्रसाईं-Sutra News

अझै ४ दिन हिरासतमा बस्ने छन् दुर्गा प्रसाईं

आइतबार, ४ जेष्ठ २०८२

आइतबार, ४ जेष्ठ २०८२

काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य नेतृत्वकर्ता विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहितका आरोपितलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।



अदालतले चार दिनको म्याद थपेसँगै घटना भएको ५६ औं दिनमा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएर तीनकुने घटनामा संलग्न रहेको अभियोगमा सय बढीलाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा अभियोग पत्र दायर गर्ने तयारी अगाडि बढाएको छ।

प्रसाई सहितका २८ जनामाथि राज्य विरुद्धकै कसुरमा अनुसन्धान हुँदा अन्यलाई आपराधिक उपद्रव र संगठित अपराध जस्ता अभियोगमा अनुसन्धान भइरहेको छ।

यही अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट मार्फत रिहा हुँदा यही प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने स्वास्थ उपचारका लागि हाजिरी जमानीमा रिहा भएर अहिले राजावादी आन्दोलनमै सक्रिय छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट