

काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बराबद भएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाले तस्करीको सुन बरामद भएको जानकारी दिएको हो।
रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले सुन बरामद भएको पुष्टि गरेका छन्। तर, परिमाणबारे खुलाएनन्।
अहिले सुन जोख्ने काम भइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाई भएसँगै तस्करहरूले उत्तरी नाकाबाट सुन तस्करी गरिरहेको यो घटनाले थप स्पष्ट पारेको छ।