रुँदै-रुँदै एमालेसँगै सहकार्य !

काठमाडौं । सरकार गठबन्धनभित्र तीव्र असहमति विकास भएको चर्चाका बिच शनिवार कांग्रेस संसदीय दलको बैठक बस्यो । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा बहुसंख्यक सांसदहरूले गुनासो टिपाए । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसप्रति हेपाइको व्यवहार गरेको भन्दै असन्तुष्टिसहित नेतृत्वलाई सचेत बनाए ।
सरकार नेतृत्वबाट एमालेले आफ्नालाई जोगाउने र अरूलाई सिध्याउने शैलीमा अघि बढेको भन्दै सांसदहरूले गुनासो पोखेका छन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा धरौटीमा छुटेकी सांसद माया राई बैठकमै रोएकी थिइन् । उनले आफूलाई फसाइएको बताइएकी छिन् ।
“ममाथि अन्याय भयो । मेरो कुनै संलग्नता छैन”, उनले भनेकी थिइन्, “अरूले …