राम्री केटीले बोलाउँदैमा नजानू नि, हनि ट्रयापमा परिएला !-Sutra News

राम्री केटीले बोलाउँदैमा नजानू नि, हनि ट्रयापमा परिएला !

बुधबार, ३१ बैशाख २०८२

बुधबार, ३१ बैशाख २०८२

१९ वर्षीय सुन्दरी डेढ महिनासम्म एउटा अपरिचित केटासँग इन्स्टाग्राममा च्याट गर्छिन्। उनीहरू दुवै जना प्रेममा परेको अनुभूति
गर्छन्। केटीले अभिनय मात्रै गरेकी हुन्छिन् तर केटा भने गम्भीर हुँदै जान्छ। अमेरिकाको भिसा लगाएर उडान निश्चित गरेपछि केटा ती केटीको नक्कली मायाजालमा फस्दै जान्छ।



महिनौं दिनको कुराकानी पछि केटीको पूर्ण बिश्वासमा पर्छ केटो। सञ्जालबाटै भर्चुअल रुपमा माया–प्रेमको कुराकानीहरू हुन थाल्यो। कुराकानीकै सिलसिलामा प्रत्यक्ष भेटघाट गर्ने सहमति जुट्यो। विशेषगरी युवतीको अनुरोधपछि केटो पनि केटीलाई भेट्न तयार भए।

केटीले आफूसँग आफ्नो अर्की साथी पनि भएको र उनको पनि अर्को केटा साथी छ, हामी सँगै बस्ने भनेर कुराकानी मिलाउछिन्। केटोले बिश्वास गर्छ। दुवै पक्ष सहमतिमा पुगेरै होटेलसम्म पुग्छन्।

सक्रिया खनिया, उनको केटी साथी कविता राई, ती केटी साथीको अर्को केटासाथी र त्यो केटा होटेलमा पुग्छन्। केहीबेरमा होटलको ढोकामा केही व्यक्तिले ढकढक्याए। ‘आफूहरू प्रहरी’ भन्दै ढक–ढक गरेपछि युवतीहरूले ढोका खोलिदिए।

ती युवाहरू प्रहरी भन्दै भित्र प्रवेश गरे। जेलभित्रै फसाइदिनेसम्मका धम्की दिन्छन्। सादा पोशाकको प्रहरी भएको उनीहरूले बताएका हुन्छन्।ती चार जनालाई केरकार गर्छन्। आपत्तिजनक अवस्थामा भेटेको जस्तो गरेर फोटो पनि खिच्छन्।

उनीहरूको शर्त हुन्छ- आफूले मागे जति पैसा दिनु।

त्यो केटाको २६ वैशाखमा मात्रै अमेरिकाको भिसा लागेको थियो। अमेरिकाको भिसा लागेको भोलिपल्टै त्यो समस्यामा परेका थिए। आफ्नो अमेरिका यात्रासमेत रोकिनसक्ने भएपछी उनी रकम दिन तयार भए। मोबाइल वालेटबाट आफूसँग भएको ३ लाख ६३ हजार रुपैयाँ तिनीहरूलाई खातामा ट्रान्सफर गरे।

त्यसपछि ती चार जना नक्कली प्रहरी, सक्रिया खनिया, उनको साथी कविता राई र ती केटा र उनका साथीको केटा होटेलबाट फरार हुन्छन्। अनि ती पीडित युवकले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए। तब यो घटना सार्वजनिक भयो।

सक्रियासहितको ८ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गर्यो। अहिले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्य बताउँछन्।

यो ताजा घटनाले प्रष्ट पार्छ- नेपालमा हनी ट्रयाप कसरी मौलाइरहेको छ भन्ने बारे।

हनि ट्रयाप एक प्रक्रिया हो, जहाँ प्रबिधिको प्रयोग गरेर कसैलाई आर्थिक रूपमा लुट्ने, ठग्ने र फसाइन्छ। बिदेशतिर यो अलिक पुरानै बिधि भए पनि नेपालमा भने यो घटना त्यति धेरै प्रयोगमा नआएको र नयाँ नै हो। खास गरेर सोसल मिडियासग विभिन्न बिधि भएकोले सामान्य महिला / पुरुष यसमा सहभागी हुन सक्तैनन्।

हनि ट्रयाप एकप्रकारले जासुसी विधि हो। नेपाल प्रहरीको सामाजिक अपराध (सोसल मिडिया) हेर्ने प्रहरी प्रभाग भोटाहिटिको अनुसार- महिलाहरु आफ्नो बेइज्जत हुने त्रासले यस्ता घटनाहरु बाहिर ल्याउन चाहदैनन्। यदि केटीबाट केटा ठगिएको छ भने केटाहरु तत्काल रिपोर्टिङ गर्छन् तर केटाबाट केटी ठगिइन् भने सकेसम्म केटीहरु रिपोर्टिङ नै नगरी चुपचाप बस्छन्।

हनि ट्रयापमा एक महिला वा पुरुषलाई आकर्षित गर्न अर्को महिला या पुरुष प्रयोग गरिन्छ। यसको उद्देश्य एक व्यक्तिबाट गोप्य जानकारी पाउनु वा उसलाई एक विशिष्ट कामको लागि उत्प्रेरित गर्नु हो। हनि जालमा अक्सर सुन्दर केटीहरूले प्रयोग गरिन्छ, जसले लक्षित व्यक्तिलाई उनीहरूको आकर्षण र सौन्दर्य पासोमा पार्न सकोस्।

केही समय सामाजिक संजालबाट कुराकानी भएपछि उनीहरू बिच फोटो, भिडियो वा सन्देशहरू आदानप्रदान हुन थाल्छ। फोटो-भिडियोबाट गोप्य सन्देश र नग्न तस्वीरहरु आदानप्रदान भएपछि उनीहरूमा ब्ल्याकमेलिङ सुरु हुन्छ। त्यतिबेला पैसाको माग हुन्छ, नदिइएको खण्डमा फोटो-भिडियो संजाल मार्फत बाहिरिने धम्की आदानप्रदान हुन थाल्छ। असल मान्छे कहिलेकाही अन्जानबस कसैको मोहजालमा फस्छ र धन, इज्जत दुवै गुमाउँछ।

प्रहरीको तथ्यांक हेर्दा पछिल्लो समय सामाजिक संजालमा यस्ता घटनाहरु बढ्दो छ। कतिले प्रहरीमा रिपोर्ट गर्दा आफ्नै बेइज्जत हुन्छ भनेर चुपचाप सहेर बस्छन् र पैसा इज्जत गुमाउँछन्। त्यसैकारण पनि अपरिचित ब्यक्तिलाई साथी स्वीकार नगर्नु भनेर प्रहरीले बारम्बार भनिरहेका हुन्छ।

अहिलेसम्म केटीले हनि ट्रयाप गरेर प्रायः केटाहरुलाई फसाएको घटनाहरु धेरै छन्, जो अपराध अनुसन्धान महाशाखाको रेकर्डबाट बुझ्न सकिन्छ। त्यसको अर्को ठूलो उदाहरण भएको प्रहरी प्रभाग भैसेपाटीमा कार्यरत इन्स्पेक्टर बिनु शाही नै संलग्न भएर एक व्यापारीलाई ३० लाख रूपैयाँको हनी ट्रयाप गरिएको घटना। अहिले पनि उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

जवान केटाहरु त केटीले अश्लील भिडियोहरू पठाउनासाथ मख्ख पर्ने र आफै पनि सहजै नाङ्गिने आदतले गर्दा ठुलो समस्या निम्तिरहेको छ। मिठा कुरा गरेर भेट्न बोलाएर लुट्ने तथा ब्ल्याकमेलिङ गर्ने घटनाहरू बढेका छन्।

पछिल्लो केही दिनयता सामाजिक संजालमा एउटा स्टाटस भाइरल छ- ‘बाबुनानी, नचिनेका मान्छेले दिएको मिठाइ नखानु नि।’ यसो भन्दै बालबालिकालाई सम्झाएको सुन्नु भएकै होला, तपाईंले बालापनको उमेर छोडेको धेरै भइसके पनि त्यसरी नै आफूले आफैंलाई सम्झाउनु पर्ने भएको छ- ‘राम्री केटीले बोलाउँदैमा नजानू नि।’

त्यसो भए कसरी बच्न सकिन्छ त हनि ट्रयापबाट ?

अज्ञात व्यक्तिदेखि सावधान हुनुहोस्: भेट्नु अघि होशियार हुनुहोस् वा अज्ञात व्यक्तिहरूसँग कुराकानी सकेसम्म गर्दै नगर्नुस्। गरेपनि आवश्यकता भन्दा बढी नबोल्नुस्। बोलाइमा उत्तेजित नहुनुहोस्। बोल्दा सम्ययमित हुनुहोस्। चाहे सोसल मिडियामा होस् चाहे मासमा।

आफ्नो व्यक्तिगत जानकारी साझा नगर्नुहोस्: तपाईंको व्यक्तिगत जानकारी- जस्तै ठेगाना, फोन नम्बर, वा वित्तीय जानकारी, बैंक खाता पिन नम्बर कुनै पनि अज्ञात व्यक्तिसँग शेयर नगर्नुस्।

अज्ञात व्यक्तिले भेट्न् बोलाउदा एक्लै नजानुहोस्: अज्ञात व्यक्तिहरूसँग एक्लै नहुनुहोस्। खास गरी यदि तपाईं तिनीहरूलाई राम्ररी चिन्नुहुन्न भने भेट्ने मनशाय व्यक्त गर्दा भेट्न् पर्ने कारण र भेटेपछिको परिणामको बारेमा पहिल्यै सोच्नुहोस्।

सोसल मिडियामा सावधान: सोसल मिडियामा अज्ञात मानिसहरूलाई मित्रता दिनु अघि सावधान रहनुहोस् वा व्यक्तिगत जानकारी साझा नगर्नुस्। अज्ञात लिंकहरू वा ईमेलहरूमा क्लिक गर्दा तपाईंको निजि डाटामा उनीहरूको पहुच पुग्न सक्छ। ती लिन्कहरु भनेको तपाईंको लागि जाल हो उनीहरूले बिछ्याइएको जसमा तपाईं माछा परेजस्तै पर्नुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट