वानीरामा नइका तीन कृति लोकार्पण-Sutra News

वानीरामा नइका तीन कृति लोकार्पण

बुधबार, ३१ बैशाख २०८२

बुधबार, ३१ बैशाख २०८२

काठमाडौं । वानीरा फाउन्डेसनले मंगलबार एक समारोह बीच राजधानी काठमाडौंमा शताब्दी पुरुष डा. सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ ।



सोही अवसरमा प्रसिद्ध समालोचक प्रा. केशव सुवेदीले नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण गरे ।

लोकार्पण भएका कृतिहरूमा अक्षरशिरोमणि मदनमणि दीक्षितकृत ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टकृत ‘इन्दिरा प्रसाईको ए समुद्र !’ र ठाकुर शर्मा भण्डारीद्वारा लिखित ‘नइ कीर्ति विवेचना’ रहेका छन् । दीक्षितकृत कृतिको सम्पादन इल्या भट्टराई र भट्टकृत कृतिको सम्पादन प्रा.डा. ऋषिराम शर्माले गरेका हुन् ।

वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा प्रा. केशव सुवेदी, इल्या भट्टराई, ठाकुर शर्मा भण्डारी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको महिमा र नव कृतिहरुबारे मन्तव्य प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट