

काठमाडौं । लगातार ४ कारोबार दिनको गिरावटपछि साताको चौथो कारोबार दिन (बुधबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबारको तुलनामा बुधबार प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबारकाे लागि सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम भएकाे छ ।
सुनको मूल्य वैशाख २६ देखि लगातार ओरालोमा थियो । पछिल्लो ४ कारोबार दिनकै बिचमा सुनको मूल्यमा ७ हजार ४ सय रुपैयाँले गिरावट आएको थियो ।
सुनको मूल्य बढेपनि बुधबार चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार प्रतितोला १० रुपैयाँले मूल्य बढेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ तोकिएको छ ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंश ३ हजार २२६ डलरमा किनबेच भइरहेको छ ।