जेठका लागि बैंकहरूले तोके ब्याजदर, कसले बढाए, कसले घटाए ?-Sutra News

जेठका लागि बैंकहरूले तोके ब्याजदर, कसले बढाए, कसले घटाए ?

बुधबार, ३१ बैशाख २०८२

बुधबार, ३१ बैशाख २०८२

काठमाडौं । जेठ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदरको नयाँ सूची सार्वजनिक गरेका छन् । नयाँ महिना लाग्नुभन्दा अघि नै ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम वाणिज्य बैंकहरुको जेठको लागि ब्याजदरको सूची सार्वजनिक गरेका हुन् ।



सार्वजनिक सूचीअनुसार व्यक्तिगत मुद्दतीमा केही वाणिज्य बैंकले बढाएका छन्, केहीले घटाएका छन् भने अधिकांशको स्थिर छ ।

तीन वाणिज्य बैंक सानिमा, एभरेष्ट र नेपाल बैंकले वैशाखको तुलनामा ब्याजदरमा सामान्य वृद्धि गरेका छन् । तीन वाणिज्य बैंक मेगा, कुमारी र सिद्धार्थले भने सामान्य घटाएका छन् । सार्वजनिक ब्याजदरको सूचीअनुसार १४ वाणिज्य बैंकले भने वैशाखकै ब्याजदरलाई कायम राखेका छन् ।

समग्रमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर भने घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठ महिनामा ५.९५२ प्रतिशतमा झरेको हो ।

नयाँ ब्याजदरअनुसार जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर नेपाल बैंकले ५.४५ प्रतिशत तोकेको छ भने सबैभन्दा धेरै ब्याजदर एभरेस्टले ६.६४ प्रतिशत तोकेको छ ।

व्यक्तिगत मुद्दतीतर्फ कुनको ब्याजदर कति ?

नेपाल बैंक : ५.४५

एसबीआई :  ५.५

हिमालयन : ५.५

इन्भेस्टमेन्ट मेगा : ५.५

कृषि विकास : ५.५१

सिटिजन्स : ५.६५

लक्ष्मी सनराइज : ५.७५

नबिल : ५.७५

सिद्धार्थ : ५.७५

कुमारी : ५.९१

ग्लोबल आईएमई : ६

माछापुच्छ्रे : ६

राष्ट्रिय वाणिज्य : ६

प्रभु : ६.१

प्राइम कमर्सियल : ६.२५

स्टान्डर्ड चार्टर्ड : ६.२५

सानिमा : ६.३३

एनएमबी : ६.६

एनआईसी एसिया : ६.६

एभरेस्ट : ६.६४

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट