

काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ।
२०१० देखि २०१५ सम्म उरुग्वेमा शासन गरेका उनी सामान्य जीवनशैलीका कारण विश्वको गरीब राष्ट्रपतिु भनेर चिनिन्थ्यो। मुहिका अन्ननलीको क्यान्सरबाट पीडित थिए । उरुग्वेका राष्ट्रपति यामान्दु ओर्सीले मुहिकाको निधन भएको पुष्टि गरेका छन् ।
आफ्नो कार्यकालमा उनले तीस लाखभन्दा बढी जनसंख्या भएको सानो दक्षिण अमेरिकी मुलुक उरुग्वेमा कुनै भ्रष्टाचार स्क्यान्डलमा नमुछिकन आर्थिक वृद्धिलाई नेतृत्व गरेका थिए । वैदेशिक लगानीमा वृद्धि गराउँदै र गरिबी न्यूनीकरण गर्न सफल भएका थिए