

गाजा । खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ छ वटा बम खसालेका थिए, जुन अस्पतालको आँगन र वरपरका क्षेत्रहरूमा खसेका थिए। इजरायली सेनाले भने ‘कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा हमास आतंककारीहरूमाथि सटीक हमला’ गरेको बताएको छ। इजरायलले यो केन्द्र अस्पताल मुनि रहेको दाबी गरेको छ।
यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। यद्यपि, उपचार पछि, उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।