६ घण्टापछि बल्ल नियन्त्रणमा आयो मखन टोलमा लागेको आगो, एक जनाको मृत्यु-Sutra News

६ घण्टापछि बल्ल नियन्त्रणमा आयो मखन टोलमा लागेको आगो, एक जनाको मृत्यु

बुधबार, ३१ बैशाख २०८२

बुधबार, ३१ बैशाख २०८२

काठमाडौं । काठमाडौँको मखन टोलमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।



आगो नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका ६ वटा दमकल प्रयोग भएका छन् । आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।

सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो ।आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको छ ।

नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकलको  सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट