रचना रिमाल चढेको विमान जर्मनीमा इमरजेन्सी ल्यान्डिङ-Sutra News

रचना रिमाल चढेको विमान जर्मनीमा इमरजेन्सी ल्यान्डिङ

मंगलबार, ३० बैशाख २०८२

मंगलबार, ३० बैशाख २०८२

काठमाडौं । गायिका रचना रिमाल चढेको विमानको जर्मनीमा इमरजेन्सी ल्यान्डिङ भएको छ।



क्यानडाको साङ्गितिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्यान्डिङ भएको गायिका रिमालले जानकारी दिएकी छन्।

उनले भनेकी छन्, ‘क्यानडाको साङ्गितिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु। क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाइट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमरजेन्सी ल्याण्ड भएको छ। केहि समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट