इमाडोलमा भाडामा बस्ने केटी साथीको घर गएका थिए जीवेश, भोलिपल्ट ज्यान गयो-Sutra News

इमाडोलमा भाडामा बस्ने केटी साथीको घर गएका थिए जीवेश, भोलिपल्ट ज्यान गयो

मंगलबार, ३० बैशाख २०८२

मंगलबार, ३० बैशाख २०८२

काठमाडौं । ललितपुरको इमाडोलस्थित घरमा अचेत भेटिएका एक पुरूषको मृत्यु भएको छ। सोमबार राति भाडामा बस्ने एक युवतीको कोठामा गएका इमाडोलका ३१ वर्षीय जीवेश अधिकारीको ज्यान गएको हो।



जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीका अनुसार, गए राति नै उपचारका लागि किस्ट अस्पताल लगिएकामा चिकित्सकले आज बिहान ७:३० बजे अधिकारीलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे आज बिहानमात्रै थाहा पाएको प्रहरीले अनुसन्धान थालेको छ।

प्रहरीको प्रारम्भिक सोधपुछबाट २२ वर्षीय ती युवती काभ्रेको भएको खुलेको छ। राति अचानक बेहोस भएपछि युवतीले नै उनलाई अस्पताल पुर्‍याएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट