विभेद छैन भनेपछि न्याय दिन पर्दैन भनेर सरकार भाग्न खोज्यो : सन्तोष परियार-Sutra News

विभेद छैन भनेपछि न्याय दिन पर्दैन भनेर सरकार भाग्न खोज्यो : सन्तोष परियार

मंगलबार, ३० बैशाख २०८२

मंगलबार, ३० बैशाख २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोजेको बताएका छन्।



प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद परियारले भने, ‘जातीय विभेद छैन भन्दै सत्यलाई लुकाउन खोजिएको छ। हामी दिउँसै रात पार्न खोजेका छौँ। सत्यबाट भाग्न खोजिरहेका छौँ।’

सांसद परियारले विभेद छैन भनेपछि न्याय दिन पर्दैन भनेर पनि भाग्न खोजेको आरोप पनि लगाए। राज्यले अहिलेसम्म नेपाली समाजको वास्तविक समस्याको पहिचान गर्न सकेको उनको भनाई छ।

उनले थपे, ‘विभेद छैन भनेपछि न्याय दिन पर्दैन भनेर भाग्न खोजेको देखिन्छ। राज्यले अहिलेसम्म नेपाली समाजको वास्तविक समस्याको पहिचान गर्न सकेको छैन। समाजको वास्तविक समस्या राज्यले बुझ्न नसक्दा नागरिक र राज्यबिच सम्बन्ध बलियो हुन सकेको छैन।’

परियारले संविधानमा लिपिबद्ध गरेका जनताका अधिकारलाई कार्यान्वयन गर्ने बजेट ल्याउन सरकारलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट