

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ ।
नेपालले आज हङकङसँग खेल्न लागेको हो । खेल थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १२स्३५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा दुई खेलबाट तीन अंकका साथ समूह ‘सी’ को शीर्षस्थानमा रहेको नेपालले हङकङलाई पराजित गर्न सके एक खेल अगावै सुपर– ३ मा स्थान बनाउने छ । पराजित भएको खण्डमा यात्रा कठिन बन्नेछ ।
यसअघिका खेलमा वर्षाका कारण खेल रद्द हुँदा अंक बाँडेको नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । हङकङले भने आफ्ना दुवै खेलमा अंक बाँडेर २ अंक जोडेको छ । नेपाली टोलीमा इन्दु बर्मा, रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी र रिया शर्मा रहेका छन् ।