मे १७ देखि फेरि सुरु हुँदै आइपिएल, यस्तो छ तालिका-Sutra News

मे १७ देखि फेरि सुरु हुँदै आइपिएल, यस्तो छ तालिका

मंगलबार, ३० बैशाख २०८२

मंगलबार, ३० बैशाख २०८२

काठमाडौं । विराट कोहली सम्मिलित रोयल च्यालेन्जर्स बैंगलुरु‌ (आरसीबी) र कोलकाता नाइट राइडरबीचको खेलसँगै आइपिएल २०२५ को पुनः सुरु हुने भएको छ।



इन्डियन प्रिमियर लिग आइपिएलको खेल शनिवार (मे १७) सुरु हुने भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिआइसिसी) ले जनाएको छ । बिआइसिसीले सोमवार परिमार्जित तालिका सार्वजनिक गर्दै फाइनल जेठ २० गते हुने जनाएको छ। यसअघि, भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण गत हप्ता आइपिएल २०२५ सिजन स्थगित गरिएको थियो।

क्वालिफायर १ जेठ १५ गते र इलिमिनेटर जेठ १६ गते हुनेछ। त्यस्तै क्वालिफायर २ जेठ १८ गते हुनेछ। प्लेअफ खेलहरुको स्थान अझै घोषणा गरिएको छैन। लिग चरणको खेल जेठ १३ गते लखनऊ सुपर जाइण्ट्स र आरसीबी बीच एकाना स्टेडियममा हुनेछ।

संशोधित पहिलो डबल हेडर एकै दिन दुई खेल आइतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट