

काठमाडौं । भारतीय स्टार क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि उनकी पत्नी अनुष्का शर्माले भावुक स्टाटस लेखेकी छन्।
उनले लेखेकी छन्, ‘सबैले तिम्रो रेकर्ड र माइलस्टोनको कुरा गर्नेछन्- तर म त ती आँसुहरू सम्झनेछु, जुन तिमीले कहिल्यै देखाएनौ, ती लडाइँहरू जुन कसैले देखेन र त्यो गहिरो प्रेम जुन तिमीले टेस्ट क्रीकेटप्रति दिएको थियौ।’
उनले विराट हरेक टेस्ट सिरिजपछि अझ परिपक्व र अझ नम्र बन्दै फर्किने गरेको उल्लेख गरेकी छन्।
‘तिमीलाई यो यात्रामा विकसित हुँदै जान देख्नु मेरो लागि एक सौभाग्य रह्यो। म यति मात्र भन्न चाहन्छु: माया, तिमीले यो खेलको प्रत्येक पल पुरै योग्यताका साथ कमाएका हौ,’ उनले भनिन्।