
![जलस्रोतविद् विकास थापा भन्छन्– कुलमान सिध्याउने सरकारकाे याेजना सफल भएन [भिडियाेसहित]](https://www.sutranews.com/wp-content/uploads/2025/05/vikash_thapa.jpg)
काठमाडौं । जलस्रोतविद् विकास थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सार्वजनिक गरेको श्वेतपत्र नै ‘फेक’ भएको तर्क गरेका छन् । सूत्र टिभीसँगको संवादका क्रममा उनले यस्तो तर्क गरेका हुन् ।
तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई मुख्य बदनाम गराउने नियतमा श्वेतपत्र जारी गरिएको उनको भनाई छ । सँगै, श्वेतपत्रमार्फत प्राधिकरणलाई कमजोर देखाएर सबै ठेक्का प्रक्रिया रद्द गरी आफ्नालाई ठेक्का दिलाउने नियत रहेको थापाको भनाई छ ।
“श्वेतपत्रको पछाडि दुई वटा मुख्य उद्देश्य झल्किन्छ, कुलमानको कार्यकाल ‘खत्तम’ थियो भन्ने भाष्य स्थापित गराउनु र अर्को प्राधिकरणसँग पैसा छैन भन्दै सबै ठेक्का प्रक्रिया रद्द गरेर नयाँ ठेक्का प्रक्रिया सुरु गराउनु”, थापाले भनेका छन्, “यो सबै आफ्नो मान्छेलाई ठेक्का पारेर पैसा कुम्याउने योजनामा केन्द्रित छ । यो श्वेतपत्र नै श्वेत छैन ।”
यद्यपि, श्वेतपत्रमार्फत केही तथ्यांक हेरफेर गरिएको भएपनि हेरफेरमै अहिलेको नेतृत्व चुकेको उनको तर्क छ । उनका अनुसार कुलमान घिसिङलाई सिध्याउने योजनामा श्वेतपत्र सफल भएको छैन ।
कुलमानविरुद्ध लक्षित योजनामा प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्का पनि पूरा असफल भएको तर्क थापाको छ ।
पूरा कुराकारी भिडियोमा हेर्नुहोस्