ट्रम्पकाे पहलमा पुटिन-जेलेन्स्की भेट तय, हाेला त युद्धकाे अन्त्य ?-Sutra News

ट्रम्पकाे पहलमा पुटिन-जेलेन्स्की भेट तय, हाेला त युद्धकाे अन्त्य ?

सोमबार, २९ बैशाख २०८२

सोमबार, २९ बैशाख २०८२

काठमाडाैं । रूस र युक्रेनबीचको विगत साढे ३ वर्षदेखि चलिरहेको युद्धकाे अब अन्त्य हुने सम्भावना देखिएकाे छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आमने-सामने भेट्न सहमत भएका हुन् ।



अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार यी दुईको यो भेट यसै हप्ता टर्कीमा हुन सक्ने जनाइएकाे छ । यो भेटघाटकाे माहाैल बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महत्वपूर्ण भूमिका खेलेका छन् । जसले जेलेन्स्कीलाई पुटिनसँग भेट्न दबाब दिएका थिए।

भेटवार्ताकाे तयारी भएपछि जेलेन्स्कीले एक्समा पोस्ट गर्दै लेखेका छन्, ‘म बिहीबार टर्कीमा व्यक्तिगत रूपमा पुटिनको प्रतीक्षा गर्नेछु। मलाई आशा छ यस पटक रुसीहरूले बहाना खोज्ने छैनन्।’

जेलेन्स्कीले भने कि सोमबारदेखि ‘पूर्ण र स्थायी युद्धविराम’ले ‘कूटनीतिको लागि आवश्यक आधार’ प्रदान गर्नेछ । तर, उनले यो वार्तामा सामेल हुनको लागि पूर्वशर्त हुनेछ कि छैन भनेर स्पष्ट पारेनन्।

जेलेन्स्की सुरूदेखि नै पुटिनले बिना शर्त युद्धविरामकाे सहमति नगरे प्रत्यक्ष बैठक नगर्ने अडान लिएका थिए। उनका समर्थक युरोपेली देशहरू पनि त्यही लाइनमा अडिग थिए।

ती देशहरूले शनिबार युक्रेनको राजधानी कीभमा बैठक गर्दै पुटिनले बिना शर्त युद्धविराममा सहमत नभएसम्म थप वार्ता हुन नसक्ने बताएका थिए ।

तर, पुटिनले भने युरोपेली देशहरूको अल्टिमेटम स्वीकार गरेनन् । उनले ३० दिनको लागि बिना शर्त युद्धविराम घोषणा गर्न वा नयाँ प्रतिबन्धहरूको सामना गर्न तयार हुन अल्टिमेटम दिएका थिए ।

जसपश्चात बिहीबार टर्कीमा जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव पनि राखे ।

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले पुटिनको निमन्त्रणालाई समर्थन गरे र जेलेन्स्कीमाथि दबाब बढाए । उनले भनेका छन्, ‘बिहीबार रूसी अधिकारीहरूसँगको बैठकमा तुरुन्तै सहमत हुनुपर्छ।’

जर्मनीका नयाँ चान्सलर फ्रेडरिक मर्जले ट्रम्पको पहललाई समर्थन गरेका छन् ।

भेटकाे माहाैल बनेपछि जेलेन्स्कीले लेखेका छन्, ‘कुनै पनि युद्ध अन्त्य गर्ने पहिलो कदम युद्धविराम हो। यद्यपि, हामी पूर्ण र स्थायी युद्धविरामको पर्खाइमा छौं। ताकि कूटनीतिलाई आवश्यक आधार प्रदान गर्न सकियोस्। यसरी मानिसहरूको मृत्यु र हत्यालाई तान्नुको कुनै अर्थ छैन। मलाई आशा छ कि यस पटक रूसीहरूले कुनै बहाना भेट्टाउने छैनन्। म बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु।’

साढे तीन वर्षदेखि चलिरहेको छ युद्ध

हामी तपाईंलाई बताउँछौं कि जेलेन्स्कीको नाटोको हिस्सा बन्ने जिद्दीबाट रिसाएको रूसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गर्‍यो। त्यसबेलादेखि दुई देशहरू बीच युद्ध चलिरहेको छ।

रूसले अहिलेसम्म आफ्नो पूर्वी भाग कब्जा गरिसकेको छ, जुन युक्रेनको कुल क्षेत्रफलको २० प्रतिशत हो। यसअघि २०१४ मा, यसले आफ्नो क्रिमिया क्षेत्र कब्जा गरेको थियो। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट