एउटा विमानमा सामान्य क्षति भएको पाकिस्तानी सेनाद्वारा स्वीकार-Sutra News

एउटा विमानमा सामान्य क्षति भएको पाकिस्तानी सेनाद्वारा स्वीकार

सोमबार, २९ बैशाख २०८२

सोमबार, २९ बैशाख २०८२

इस्लामावाद । सेनाले भारतसँगको द्वन्द्वको समयमा आफ्नो एउटा विमानमा सामान्य क्षति भएको पाकिस्तानी सेनाले स्वीकार गरेको छ। यद्यपि, पाकिस्तानी सेनाले यस विमानको बारेमा धेरै जानकारी दिएको छैन।



भारत र पाकिस्तानले शनिबार आपसी सहमतिमा जमिन, आकाश र समुद्रमा हुने सबै गोलाबारी र सैन्य कारबाही तुरुन्तै रोक्ने निर्णय गरेका छन्। पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले एउटा पाकिस्तानी विमानमा मात्र थोरै क्षति पुगेको बताए।

एक प्रश्नको जवाफमा उनले पाकिस्तानको कब्जामा कुनै पनि भारतीय पाइलट नरहेको र त्यस्ता सबै समाचार फेक सामाजिक सञ्जाल रिपोर्ट मा आधारित रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट