

तपाईँको आँखा बारम्बार फर्फराउँन सक्छ । त्यसलाई कसैले शुभ हुन्छ भन्छन् भने केहिले अशुभ मान्ने गर्दछन् । यदि तपाईँले आँखा फर्फराउनुलाई शुभ वा अशुभ संकेतसँग मात्र जोड्नुहुन्छ भने तपाई गलत हुन सक्नुहुन्छ । किनकि यस्तो कुनै गम्भीर कारणले पनि हुन सक्छ।
धार्मिक दृष्टिकोणबाट हेर्दा आँखा फर्फराउनुलाई राम्रो र नराम्रोसँग जोडिएको हुन्छ। ज्योतिष शास्त्रका अनुसार यदि महिलाको देब्रे आँखा फर्फरायो भने त्यो शुभ मानिन्छ। साथै, दाहिने आँखा फर्फराउनु अशुभ । जबकि पुरुषको हकमा यो विपरीत छ। पुरुषहरूको लागि, दाहिने आँखा फर्फराउनु शुभ मानिन्छ र देब्रे आँखा फर्फराउनु शुभ मानिँदैन। हाम्रा समाजमा अहिले धेरै जसो आँखा फर्फराउनुलाई धार्मिक दृष्टिकोणबाट नै हेर्ने गरेको पाइन्छ । तर यहाँ राम्रो र नराम्रोको कुराहरूले खासै भूमिका खेल्दैन ।
तपाई कसैले आँखा फर्फराउनुलाई शुभ वा अशुभ संकेत ठानेर बेवास्ता गर्ने गर्नुभएको हुनसक्छ । यदि त्यस्तो बेवास्ता गर्नुभएको छ भने, त्यो तपाईँका लागी महँगो पनि साबित हुन सक्छ। किनभने यो केही स्वास्थ्य अवस्था वा तनावको कारणले पनि हुन सक्छ।
हालै, एक अमेरिकी डाक्टरले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा एउटा भिडियो सेयर गरेर यो समस्या आउनुको कारणहरू बताएका छन् । यसका साथै, उनले तपाईँले आफ्नो डाक्टरसँग कहिले कुरा गर्नुपर्छ भन्ने बारेमा पनि जानकारी दिएका छन्। जसमा बताइएको छ कि किन आँखा फर्फराउँछ र यसका कारण मे मे हुन सक्छन् ।
आँखा किन फर्फराउँछ ?
अमेरिकी ग्यास्ट्रोएन्टेरोलोजिस्ट सौरभ सेठीले भनेका छन्ः धेरै मानिसहरूलाई लाग्छ कि यो तनाव हो, तर यसको धेरै कारणहरू हुन सक्छन्।
मायोकाइमिया भनेको के हो ?
आँखा फरफराउनुलाई मेडिकल भाषामा (मायोकिमिया)भनिन्छ। यो एक सामान्य अवस्था हो जसमा आँखाका पलकहरू अनैच्छिक रूपमा फर्फराउँछन्। यसबारे जानकारी दिँदै डाक्टरले भने, मायोकाइमिया भनेको तल्लो आँखाको पलकलाई असर गर्ने अनैच्छिक दोहोरिने मांसपेशी ऐंठन हो। धेरैजसो अवस्थामा यो हानिरहित हुन्छ तर निश्चित रूपमा कष्टप्रद हुन्छ।
कारणहरू के के हुन ?
डाक्टरका अनुसार आँखा फरफराउनुका धेरै कारणहरू हुन सक्छन्, जसमध्ये केही यस्ता छन्:
-तनाव
-थकान
-क्याफिनको अत्यधिक मात्रा
-घण्टौंसम्म स्क्रिन अगाडि बिताउँदा आँखामा तनाव
-पोषक तत्त्वको कमी, विशेष गरी कम म्याग्नेसियम स्तर।
डाक्टरलाई कहिले भेट्ने ?
डाक्टरले बताए अनुसार यदि चर्कोपन दुई हप्ता भन्दा बढी समयसम्म रह्यो भने र यदि ऐँठनको समयले आँखाको परेला पूर्ण रूपमा बन्द भयो वा तपाईँको अनुहारको अन्य भागहरू पनि फर्फराउन थाल्यो र त्यो निरन्तर रहिरह्यो भने, आफ्नो डाक्टरसँग जाँच गराउनु पर्दछ । यसलाई सामान्य मान्न हुँदैन ।