

काठमाडौं । अभिनेत्री विपना थापाविरूद्ध उनका श्रीमान्ले घृणित शब्दसहित सामाजिक सञ्जालमा पाेस्ट गरेका छन्। आफूहरूकाे सम्बन्ध अन्त्य भएकाे भन्दै उनले अश्लील पोस्ट गरेका हुन्।
विपनाका श्रीमान डा. आशुतोस भारद्वाजले अस्ति श्रीमतीविरूद्ध स्टाटस लेखेका थिए। उनले लेखेका थिए ‘नेपालकी … (अपशब्द)विपना थापासे मेरा काेही सम्बन्ध नहीँ है।’ तर अहिले उनले यो पोस्ट हटाइसकेका छन्।
आज फेरि अर्काे स्टाटस लेख्दै उनले विपनाले आफूलाई ज्यान मार्ने धम्की दिएकाे आराेप लगाएका छन्। ‘जान से मार्ने धम्की, विपना थापा से,’ उनले लेखेका छन्।
त्यसअघि पनि उनले बुधबार बिहान साढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै विपनासँग आफ्नो डिभोर्स भएको बताएका थिए। तर, करिब १५ मिनेटपछि उनले उक्त स्टाटस हटाए।
उनले विपनाको एक तस्वीर पोस्ट गर्दै हिन्दीमा लेखेका थिए, ‘मेरा और विपना थापाका तलाक हो चूका हे।’
यता, विपना भने अहिले काठमाडौंमा छिन्। श्रीमानले ब्याक टु ब्याक आफू विरुद्ध पोस्ट हालेपछी अहिले उनी अहिले दिल्लीस्थित घर उडेकी छिन्।
घर जाने क्रममा फ्लाइट चढ्नुअघि उनले फेसबुकबाट लाइभ गर्दै श्रीमानलाई डिप्रेसन भएको कारण यस्तो भएको बताएकी छन्।
उनले भनेकी छिन्, ‘अहिले म दिल्लीको घर जाँदैछु। मेरो श्रीमानले फेसबुकमा अनावसनाव पोस्ट राखेको देखेर तपाईंहरुलाई अचम्म लागेको होला। त्यस्तो केही पनि हैन। उहाँले लामो समयदेखि दबाई खाइरहनु भएको थियो। उहाँलाई अलिकति डिप्रेसनकाे समस्या छ। त्यसमाथी, रक्सी खाने बानीले गर्दा अलिकति यस्तो भइरहेको छ। म यही कुराको समाधानको लागि अहिले घर जाँदैछु। अनावसनाव पोस्ट हालेकोमा अन्यथा नलिनु होला।’
आशुतोष भारतीय नागरिक हुन्। उनी पेशाले चिकित्सक हुन् भने भारतीय कांग्रेस पार्टीबाट राजनीतिमा पनि सक्रिय छन्। उनी नेपाली फिल्म ‘वरमाला’को निर्माता समेत हुन्। यही फिल्मको क्रममा विपना र आशुतोषबीच प्रेम अंकुराएको थियो।
सन् २००८ मा दुवै विवाह बन्धनमा बाँधिए। यी दुईको एक छोरा पनि छन्।