टेस्ट क्रिकेटबाट सन्यास लिँदै विराट कोहली-Sutra News

टेस्ट क्रिकेटबाट सन्यास लिँदै विराट कोहली

शनिबार, २७ बैशाख २०८२

शनिबार, २७ बैशाख २०८२

काठमाडाैं । भारतीय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने तयारी गरेका छन् ।



कोहलीले टेस्ट क्रिकेटबाट अगाडि नबढ्ने मनस्थितिबारे भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई जानकारी गराएका हुन् । बीसीसीआईले भने आगामी महत्वपूर्ण इङ्गल्याण्ड भ्रमणलाई मध्यनजर गर्दै उनलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। तर, उनीले यस अनुरोधमा अहिलेसम्म कुनै जवाफ दिएका छैनन् ।

कोहलीको यो निर्णय रोहित शर्माले केही दिनअघि टेस्ट क्रिकेटबाट सन्यास लिएपछि आएको हो।

३६ वर्षीय कोहलीले भारतका लागि १२३ टेस्ट खेलेका छन् र ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्। पछिल्लो पाँच वर्षमा उनको औसत खस्किएको छ र उनले ३७ खेलमा तीन शतकसहित १,९९० रन मात्र बनाएका छन्। उनले २०१४ देखि २०२२ सम्म भारतको टेस्ट कप्तानी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट